पदका लागि राजनीति गरेको होईन, पार्टी प्रति गुनासो छैन: नेता कार्की

सुमन पौडेल,बुटवल । आफुले जित्ने कुरा भन्दा पार्टीको संगठन बलियो महत्वपुर्ण रहेको एमाले नेता विश्व कार्कीले बताउनुभएको छ । नेकपा एमाले कपिलवस्तुको नवौँ जिल्ला अधिवेशनका सचिव पदका उम्मेद्वार कार्कीले व्यक्तिगत स्वार्थ भन्दा पार्टी महत्वपुर्ण रहेको बताउनुभएको हो । अधिवेशनमा निर्वाचन समितिले आफुलाई विजयी घोषणा गर्दा पनि पुनः मतगणनामा सहमत हुनुले नेतामा हुनुपर्ने धैर्यता र सहनशिलता कार्कीमा देखिएको छ । पार्टीलाई संकट पर्दा सतिसाल जस्तै उभिने कार्की अत्यन्तै शालिन र भद्र रुपमा प्रस्तुत भएको भन्दै नेतृत्व तहले निकै प्रशंसा गरेको छ ।

निर्वाचनमा आफु्ले उम्मेद्वारी दिएर पनि प्रचारप्रसारमा भन्दा अधिवेशनको तयारीलाई आफ्नो दायित्व ठानी अहोरात्र खटेर कार्यक्रम सफल बनाउनुभएका कार्कीले निर्वाचनमा पराजय ब्यहोर्नुभयो । निर्वाचनको मतगणना सकिए पछि औपचारीक रुपमा निर्वाचन मण्डलले परिणाम सार्वजनिक नगर्दै अर्का उम्मेद्वार विजयी भएको भन्दै खुसी मनाउन लागियो, त्यक्तिकैमा मत गणकले गल्ती सच्चयाउदै निर्वाचन संयोजक कार्कीनै विजयी भएको घोषणा गरे ।
तर सचिव पदका उम्मेद्वारले पुनः मतगणनाको माग राखेपछि सहमत भएका कार्की फेरी २ मतले पछाडी पर्नुभयो । खसेको मत भन्दा जम्मा मत धेरै देखिए पनि कार्कीले पुनः मतगणनको माग नराखी पार्टीको निर्देशन अनुसार हार स्वीकार गर्नुले उहाँमा पार्टी प्रतिको उत्तरदायी, सद्भाव र माया झल्किन्छ । कार्कीमा अत्यन्तै उच्च राजनैतिक संस्कार पार्टीका शुभचिन्तकहरुले बताएका छन् ।
“वास्तवमा चुनावी मैदानमा उत्रदा हार जित त हुन्छ” नै कार्कीले भन्नुभयो, “मैले मेरो पद भन्दा पार्टीको निर्देशन पालना गरि निर्वाचन समितिलाई पनि सहज बनाईदिए” ।
यो हारले पार्टी प्रति कुनै गुनासो नरहेको भन्दै यसले आगामी दिनका अझ प्रेरणाका साथ लाग्ने उहाँले बताउनुभयो ।
कार्कीले निर्वाचन पछि सम्पुर्णमा आभार व्यक्त गर्नुभएको छ ।
सामाजिक संजाल मार्फत दिएको आभारमा नेकपा (एमाले) कपिलवस्तुको नवौं जिल्ला अधिवेशनमा मलाई माया, बिश्वास, र भरोसा गरि जिल्ला सचिव पदमा मतदान गर्नुहुने तथा नगर्नुहुने सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु साथै जिल्ला अधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न भएकोमा हामी सम्पुर्णलाई हार्दिक बधाई भन्न चाहान्छु ।
अन्त्यमा अध्यक्ष मण्डल, प्रमुख अतिथि कमरेड, अतिथि कमरेडहरु, निर्वाचन मण्डल, बहस नोट कमिटी, स्टेरिङ्ग कमिटीका सम्पूर्ण कमरेडहरु, जिल्ला अधिवेशनलाई सफल बनाउन दिनरात नभनी खट्नु हुने स्वयंसेवक सबैमा हार्दिक आभार व्यक्त गर्दै आगामि दिनमा समन्वय र सहकार्यको अपेक्षा गरेको छु उल्लेख छ ।