दाङमा कपडा गोदाममा आगलागी हुँदा २५ लाख बराबरको क्षति

२०७८ पुष २७ गते, मंगलवार

दाङ । दाङको लमही नगरपालिका वडा नम्बर–५ लमही गल्लीमा रहेको सतिश गुप्ताको कपडा गोदाममा आगलागी भएको छ ।

विद्युतको तार सर्ट भएर भएको आगलागीबाट २५ लाख रुपैयाँ बराबरको कपडा जलेर नष्ट भएको छ ।

आगलागीबाट कपडा राखेको दुई वटा कोठा र गुप्ता सुत्ने कोठा जलेर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

लमही नगरपालिकाको दमकल र सुरक्षाकर्मीले आगो निभाएका छन् ।

93 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal