शिवराजमा मखमल तथा ढाकाको जुत्ता बनाउने तालिम सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ३ मदवामा दलित महिलाहरुका लागी क्षमता विकास अन्र्तगत मखमल तथा ढाकाको जुत्ता बनाउने तालिम सम्पन्न भएको छ । दलित मानव अधिकार निगरानी समिती कपिलवस्तुको आयोजना तथा शिवराज नगरपालिका वडा ३ खरेन्द्रपुरको आर्थिक सहयोगमा संचालित १० दिने तालिमको आज एक कार्यक्रमका विच समापन गरिएको हो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका का उप प्रमुख शिव कुमारी थारुले आफुले सिकेका कुरालाई व्यावहार उतारी व्यावसायिक बन्न पर्ने बताउनु भयो । नगर तथा वडा बाट महिलाहरुको आत्मनिर्भताका लागी विभिन्न सिपमुलक तालिम सिलाई कटाई गुडिया बनाउने, चुरा बनाउने र व्युटी पार्लर सम्बन्धी तालिम संचालन गरेको बताउदै पालिकाले सबै समुदायलाई समेट्ने गरि तालिमको आयोजना गरेको बताउनुभयो ।
यसै विच कार्यक्रमलाई सम्बोधन गर्दै वडा नंम्वर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले तालिम लिएका महिला दिदि बहिनीहरुलाई व्यासायिक बन्न आग्रह गर्दै स्थानिय स्तरमा उत्पादित साम्रागीको बजार व्यावस्थापनका लागी आफुले पहल गर्ने बताउनु भयो । हालको १० दिने तालिमले मात्रै नपुग्ने भन्दै थप यस्ता खालका तालिमका लागी आउदो हिउदे अधिवेशनबाट वडामा बजेट माग गरि पुन तालिम संचालनका लागी पहल गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।