एमाले कैलालीको अध्यक्षमा रतनबहादुर थापा विजयी
२०७८ पुष २७ गते, मंगलवार

धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा रतनबहादुर थापा विजयी हुनु भएको छ ।
आठौं अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई ४ मत अन्तरले पराजित गर्दै थापा जिल्ला अध्यक्षमा निर्वाचित हुनु भएको हो । थापाले २ सय ८७ मत पाउनु भयो भने चन्दले २ सय ८३ मत मात्र प्राप्त गर्नुभयो ।
यसैगरी, उपाध्यक्षमा थापा प्यानलका दुर्गाप्रसाद जोशी, सचिवमा चन्द प्यानलका डेजी पाण्डे, उपसचिवमा चन्द प्यानलकै ममताप्रसाद चौधरी र लोकेन्द्र शाही विजयी भएका छन् ।
निर्वाचन समितिका अनुसार सदस्यहरूको भने गणना गर्न बाँकी छ । समितिका अनुसार सदस्यहरूको मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरू गरिने छ ।
94 Views