नेपाल परायाको खेल मैदना भईसक्यो, देशको अस्तित्वसमेत संकटमा: पूर्वराजा ज्ञानेन्द्र

२०७८ पुष २७ गते, मंगलवार

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाल परायाको खेल मैदना भईसकेको बताउनु भएको छ ।

पृथ्वी जयन्तीको अवसरमा सन्देश दिदै पूर्व राजाले राष्ट्रियताका आधारमाथि प्रहार हुने क्रम तीव्र भएकाले देशको अस्तित्वसमेत संकटमा पर्न थालेको बताउनु भएको हो ।

सन्देशमा उहाँले राष्ट्रको कीर्ति र जनताको सुख बाहेक प्रजातन्तत्रको अर्को कुनै लक्ष्य नहुने भन्दै जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीको नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्रको चरित्र धारण नगरे निरर्थक सावित हुने उल्लेख गर्नुभएको छ । उहाँले पृथ्वी नारायण शाहको नीति सदैव अवलम्बन गर्नु व्यवहारिक हुने सुझाव दिनुभएको छ ।

100 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal