बुद्धभुमिको चुनाब लक्षित निर्णय: कर्मचारीको तलब बढ्यो

२०७८ पुष २६ गते, सोमबार

कपिलवस्तु । साउने झरीमा बुद्धभूमि नगरपालिकाका बाल विकास केन्द्रका शिक्षिका र विद्यालयका कर्मचारी छाता ओढेर आन्दोलन गरेका थिए । नगरपालिकाले उनीहरूलाई नेपाल सरकारले तोके अनुसारको तलब नदिए पछि स्थानीय सरकारको गेटमा पुगेर विरोध जनाएका थिए । पटक पटक आन्दोलन गर्दा सार्थकता नभए पछि निराश भएका उनीहरूमा अव खुसीयाली छाएको छ । आन्दोलन दबाउन मुख्य भूमिका खेलेको नगर प्रमुख केशव कुमार श्रेष्ठ भने यस पटक तलब वृद्धि गरेका छन् ।

निर्वाचन नजिक आएको र शिक्षकहरू रुष्ट भएको सन्देश गए पछि बुद्धभूमि पराजयको त्रासको कारण तलब बढेको छ । झरीमा छाता ओढेर आन्दोलन गर्दा सम्वोदन नभए पनि निर्वाचन नजिकिँदै गर्दा तलब बढ्दा कर्मचारीहरू खुसी भएका छन् ।

बुद्धभुमीले बाल विकास केन्द्रका शिक्षिका, विद्यालय कर्मचारी र कार्यालय सहयोगीको तलबमान परिमार्जन गरेको छ । अव उनीहरूले मासिक १५ हजारका दरले पारिश्रमिक पाउने भएका छन् । दशौँ नगर सभाले तलबमान वृद्धि गरेको बताइएको छ । तलब बढे पछि कर्मचारीहरू खुसी भएका छन् । यता नगरपालिकाले राखेका स्वमसेवक शिक्षकमा भने तलब कति हुने हो भन्ने अन्यौलता छाएको छ ।

161 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal