एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र बहादुर केसी सर्वसम्मत चयन

२०७८ पुष २६ गते, सोमबार

काठमाडौं । नेकपा एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र बहादुर केसी सर्वसम्मत चयन भएका छन्।

आइतबार सकिएको अधिवेशनबाट केसीको अध्यक्षतामा पूर्ण कमिटी सर्वसम्मत चयन भएको हो।

तत्कालीन उपाध्यक्ष तथा जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख समेत रहेका केसी निर्विरोध हुँदा अध्यक्षका अर्का प्रत्याशी बालकृष्ण सुवेदीले केसीलाई समर्थन गरेका थिए।

उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरज केसी तथा उपसचिवमा थमसरा पुन र राजकुमार थापा सर्वसम्मत चयन भएका छन्।

78 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal