दाङमा बस दुर्घटना हुँदा ९ जना यात्रु घाइते

२०७८ पुष २६ गते, सोमबार

दाङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीमा बस दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा नौ जना यात्रु घाइते भएको छन भने घाइतेहरुलाई लमहीमा प्राथमिक उपचार गरी थप उपचार गर्न बाँकेको नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

77 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal