एमाले रुकुम पश्चिमको अध्यक्षमा नन्दराम देवकोटा निर्वाचित

२०७८ पुष २६ गते, सोमबार

रुकुम पश्चिम । नेकपा (एमाले)रुकुम पश्चिमको अध्यक्षमा नन्दराम देवकोटा निर्वाचित भएका छन्। आइतबार अबेर बन्दसत्रका अध्यक्ष मण्डलले देवकोटालको अध्यक्षतामा पदाधिकारीको नाम घोषणा गरेको हो।

उपाध्यक्षमा मनवीर घर्ती, सचिवमा शशीराम परियार, उपसचिवमा गणेश सुनार र रचना मल्ल घोषणा गरिएको छ। जिल्ला कमिटीका सदस्यहरूको नाम भने घोषणा गरिएको छैन।

सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। अध्यक्षमा देवकोटासँगै नारायणकुमार शाह, टंकप्रसाद ओलीले दाबी गरेका थिए। सुरुमा अध्यक्ष मण्डलले देवकोटालाई अध्यक्ष, शाहलाई उपाध्यक्ष र ओलीलाई सचिवमा प्रस्ताव गरेको थियो। शाह र ओली असहमत भएपछि अध्यक्ष मण्डलका तर्फबाट केन्द्रीय सदस्य तीर्था गौतमले देवकोटाको अध्यक्षतामा नयाँ पदाधिकारी घोषणा गरेकी थिइन्। शाह र ओलीले मतदान हुनुपर्ने माग गर्दागर्दै पनि जिल्ला कमिटीका पदाधिकारी घोषणा गरिएको हो।

देवकोटा मुसीकोट नगरपालिका–५, स्थित यमुनानन्द नमुना माविका आधारभूत तहका स्थायी शिक्षक हुन्। यद्यपि‚ उनले राजीनामा दिइसकेको बताइएको छ। यसअघि उनलाई एमालेले केन्द्रीय कमिटीमा मनोनीत गरेको थियो। उनी पछिल्लो समय कर्णाली प्रदेश कमिटी सदस्य थिए।

106 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal