जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली संखुवासभा जाँदै

२०७८ पुष २६ गते, सोमबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज संखुवासभा जाँदैछन् । उनले सदरमुकाम खाँदबारीमा आयोजित जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् ।

ओलीले चीनसँगैका सिमावर्ती जिल्ला संखुवासभा-किमाथाङका नाकासम्मको सडक सञ्जालको अवस्था, अरुण तेस्रो जलविद्युत परियोजना निर्माणको अवस्था लगायतका विकास निर्माणको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।

संखुवासभा एमाललेले आज र भोलि आठौं जिल्ला अधिवेसन गर्दैछ । अधिवेसनमा एक हजार जनप्रतिनिधि सहित २५ हजार जनाको उपस्थिति रहने आयोजकले जनाएको छ ।

89 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal