राप्रपाको लुम्बिनी प्रदेश कोषाध्यक्षमा सईद अहमद शाह चयन
२०७८ पुष २५ गते, आईतवार

कपिलबस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशले कार्यसमितिलाई पुणर्ता दिएको छ ।
आज बसेको बैठकले प्रदेश पदाधिकारी मनोनयन गरेको प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले जानकारी दिनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको बिधान बमोजिम राप्रपाको लुम्बिनी प्रदेशको उपाध्यक्ष पदमा विष्णु सिंह ठाकुरी, सचिव पदमा राजेन्द्र अधिकारी (राजन) कोषाध्यक्ष सईद अहमद शाह र प्रवक्तामा दिपक पाण्डेलाई मनोनयन गरिएको छ ।
प्रदेश सदस्य शाहलाई प्रदेश कोषाध्यक्ष पदमा चयन गरीको प्रती धन्यवाद दिनु भयो । चयन भएका कोषाध्यक्ष सईद अहमद शाहले प्रदेश समितिलाई ब्यवस्थित बनाउने बताउनु भयो ।
157 Views