नेपाल निजामती कर्मचारी संगठनको कंचन गाउंपालिकाको अध्यक्षमा पौडेल

भैरहवा । नेपाल निजामती कर्मचारी संगठन कंचन गाउंपालिकामा चक्रपाणि पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।
जसको उपाध्यक्षमा ध्रुब ज्ञवाली सचिबमा पुस्पा पान्डे, सह सचिबमा दुर्गा पौडेल, कोषादछ्य बिमला पाण्दे र सदस्य हरुमा चन्दा सुनार ,राधा भट्टराई,जित बहादुर राना, साबिका थापा, खिमानन्द खनाल र १ जना पछि मनोनीत गरिने नेपाल निजामती कर्मचारी संगठन रूपन्देहीका अध्यक्ष केशव भट्टराईले बताए ।
नेपाल निजामती कर्मचारी संगठन रूपन्देहीका अध्यक्ष केशव भट्टराईको अध्यक्षतामा भएको इकाई समिति गठनमा
गाउंपालिकाका अध्यक्ष गोकर्ण बहादुर छेत्रीको प्रमुख आतिथ्य तथा गाउंपालिकाका उपाध्याय गोमा तरामु विशिष्ट आतिथ्यता र प्रशासकिय अधिकृत लेख बहादुर केसीको आतिथ्यतामा कन्चन गाउंपालिका स्तरिय इकाइ समिती गठन भएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
कोषादछ्य गुप्त बहादुर पुनको स्वागत मन्तव्य र जिल्ला सदस्य भास्कर घिमिरे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । स्वास्थ्य प्राविधिक सघ केन्द्रीय सदस्य राम प्रसाद खनालले कार्यक्रमको सहजीकरण गरेका थिए ।