एमाले कपिलवस्तुका प्रतिनिधि भन्छन: “सचिबमा विश्व कार्किको बिकल्प छैन”

२०७८ पुष २४ गते, शनिबार

कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुको जिल्ला सचिव विश्व कार्की हुनेपर्ने जिल्ला प्रतिनिधिहरुले प्रतिक्रिया दिएका छन् । ९ औँ जिल्ला अधिवेशनमा सचिवको उम्मेद्वारी दिनुभएको कार्की सोहि पदमा निर्वाचित हुने जिल्ला अधिवेशन प्रतिनिधिहरुले बताएका हुन् । सिद्धार्थ क्याम्पस बुंचीमा जारी एमाले कपिलवस्तुको अधिवेशन अन्तर्गत आज (शुक्रवार) पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुवल माध्यमबाट उद्घाटन गर्नुभएको थियो ।

खुला शत्रको दिभरीमा जिल्ला अधिवेशन प्रतिनिधिहरुले विगत ४० बर्ष देखि नेकपा एमालेका विभिन्न संगठनमा आवद्ध रहि पार्टीका हरेक गतिविधिमा सक्रिय रुपमा राजनीति गर्दै आउनुभएका विश्व कार्की एमाले कपिलवस्तुको सचिव पदमा निर्वाचित हुने प्रतिक्रिया दिएका हुन् ।
वि.स. २०३८ साल देखि पार्टीको जनवर्गीय संगठन अनेरास्ववियुको प्यानलमा मतदान गरि संगठित हुनुभएका कार्की जिल्ला सचिवमा शत प्रतिशत निर्वाचित हुने बताएका हुन् ।

“विशेष गरि पार्टीलाई सांगठनिक रुपमा मजबुत बनाउन, पार्टी हरेक गतिविधिलाई चुस्त दु्रस्त राख्न र राजनीतीमा युवाहरुको पहुँच पु–याई युवा नेतृत्वको विकास गर्ने संकल्पका साथ काम गर्दै आउनुभएका सचिव पदका उमेद्वार विश्व कार्कीलाई अवश्य निर्वाचित गछौँ”, नाम नबताउने शर्तमा बाणगंगाका एक प्रतिनिधिले प्रतिक्रिया दिए ।

समग्र अग्रज नेता, युवा वर्ग, विद्यार्थी र पार्टीका शुभचिन्तकहरुले सचिव पदमा कार्की नै निर्वाचित हुनुपर्ने माग गरेका छन् ।

122 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal