गुल्मी मदाने ७ भनभनेमा काङ्ग्रेसलाई ठुलो धक्का: दर्जनौं एमाले प्रवेश

गुल्मी । गुल्मिको मदाने गाउँपालिका बाट नेपाली कांग्रेस परित्याग गरि ४ दर्जन बढी एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले गुल्मीको अधिवेशन मा मदाने गाउँपालिका ७ भनभने बाट करिब दुई दर्जन र अरु वडा बाट दुई दर्जन भन्दा बढी एमालेमा प्रवेश गरेका हुन ।

एमाले गुल्मिको अधिवेशन तम्घासमा एमाले नेता गोकर्ण बिष्टले खादा तथा अबिरले एमालेमा स्वागत गर्नुभएको हो । नेकपा एमालेले ल्याएको सुखी नेपाली समृद्ध नेपाको नाराले देशला समृद्ध बनाउने र जनताको सुख दुखमा एमालेले मात्र जनताको जनभवना अनुरुप काम गर्छ भन्दै गाउँपालिकाका कांग्रेस कार्यकर्ता हरु एमाले प्रवेश गरेका हुन ।

नेकपा एमाले गुल्मीले युवा जनशक्ति र बैचारिक राजनीति लाई प्राथमिकता दिएको र नेतृत्वमा युवाहरु लाई स्थापित गरेको बताउदै मदाने गाउपालिका ७ भनभनेका कांग्रेस कार्यकर्ता हरु एमाले प्रवेश गरेका हुन ।