एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

२०७८ पुष २३ गते, शुक्रबार

हुम्ला । नेकपा (एमाले) हुम्लाको नवौं जिल्ला अधिवेशन स्थगित भएको छ। पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो।

आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ। हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगित भएको छ। सदरमुकाम सिमकोटमा बसेको जिल्ला कमिटीको बैठकले आगामी माघ २३ गतेसम्मका लागि अधिवेशन स्थगन गर्ने निर्णय गरेको जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए।

मौसम प्रतिकूलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन एक महिना पछि सरेको एमाले हुम्लाले जानकारी दिएको छ। यस्तै‚ उक्त बैठकले एमालेमा नवप्रवेशीलाई स्वागत गर्ने निर्णय गरेको जनाइएको छ।

85 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal