उच्चस्तरीय राजनीतिक समितिको बैठक बालुवाटारमा जारी
२०७८ पुष २२ गते, बिहीबार

काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठक बसिरहेको छ। सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठक बसिरहेको छ।
कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसीरहेको पौडेलका स्वकीय सचिव चिरन्जिवि अधिकारीले जानकारी दिए। उनकाअनुसार बैठक बिहान ९ बजेदेखि बसिरहेको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल भइरहेको छ।
बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै आएको अवरोध अन्त्यका विषयमा पनि छलफल भएको यहि विषयमा हिजो पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।
106 Views