नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन, जिल्ला अधिवेशन स्थगित

२०७८ पुष २२ गते, बिहीबार

 रोल्पा । नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएको छ । जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला हृदयघातबाट उनको निधन भएको नेकपा एमाले रोल्पाले जनाएको छ ।

नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले गएराति पौने नौ बजे नुवागाउँ अस्पतालमा रोकाको निधन भएको जानकारी दिए ।

रोका रोल्पाको त्रिवेणी गाउँपालिका-२ निवासी हुन् । उनी यही २३ गते हुन लागेको जिल्ला अधिवेशनको तयारीका काममा खटिएका थिए ।

रोकाको निधन भएपछि रोल्पा जिल्ला अधिवेशन स्थगित गरिएको एमाले केन्द्रीय सदस्य कुमार दसौदीले सामाजिक सन्जालमा लेखेका छन् ।

129 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal