एमाले कपिलवस्तुको सदस्यमा कमल क्षेत्रीको उम्मेद्वारी दिने निर्णय

२०७८ पुष २२ गते, बिहीबार

हरि आचार्य, कपिलवस्तु । करिव २ दशक देखि नेकपा एमालेका विभिन्न संगठनमा आवद्ध रहि पार्टीका हरेक गतिविधिमा सक्रिय रुपमा राजनीति गर्दै आउनुभएका कमल क्षेत्रीले एमाले कपिलवस्तुको जिल्ला कमिटि सदस्यमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।

वि.स.२०६४ साल देखि बुटवल बहुमुखी क्याम्पसबाट अनेरास्ववियुमा संगठित भई २०६६ सालमा पार्टी सदस्यता लिई शसक्त रुपमा राजनीति सुरु गर्नुभएका क्षेत्रीले एमाले कपिलवस्तुको सदस्यमा आफु आवश्यक रहेको भन्दै उम्मेद्वारी घोषणा गर्नुभएको हो । यहि पुस २३ र २४ गते हुने पार्टीको जिल्ला अधिवेशनका लागि समग्र अग्रज नेता, युवा वर्ग र पार्टीका शुभचिन्तकहरुको माग बमोजिम जिल्ला कमिटि सदस्यमा उम्मेद्वारी दिने निर्णय गरेको क्षेत्रीले बताउनुभयो ।

विशेष गरि पार्टीलाई सांगठनिक रुपमा मजबुत बनाउन, पार्टी हरेक गतिविधिलाई चुस्त दु्रस्त राख्न र निष्क्रिय रहेका युवाहरुलाई राजनीतीमा पहुँच पु–याई युवा नेतृत्वको विकास गर्ने संकल्पका साथ आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो ।

लामो समय देखि राजनीती मार्फत निरन्तर रुपमा समाज सेवा गर्दै आउनुभएका क्षेत्री युवावर्गहरुको रोजाई र लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ । राजनीतमिा खासै युवावर्गहरुको पहुँच अझै नपुगेकाले युवावर्गहरुको सामाजिक रुपान्तरणमा आफुले अहम भुमिका निर्वाह गर्ने क्षेत्रीले बताउनुभयो ।

क्षेत्री पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा बाणगंगा नगर कमिटि अध्यक्ष समेत रहनुभएको छ । त्यस्तै उहाँलाई पार्टीले युवा जिल्ला सह ईन्चार्जको जिम्मेवारी समेत प्रदान गरेको छ भने हाल उहाँ पार्टीको जिल्ला कमिटि सदस्य पनि हुनुहुन्छ । क्षेत्रीले सदस्यमा उम्मेद्वारी दिने भएसंगै जिल्लाका युवावर्गहरु उत्साहित भएका छन् ।

लामो समयदेखि एमालेमा आवद्ध भई कपिलवस्तुमा संगठन निर्माणमा अहम भूमिका निर्वाह गर्दै आउनु भएका क्षेत्रीले अनुभव, ज्ञान र दक्षतालाई पार्टीको विकास, विस्तारका लागि अझै तत्पर अगाडि बढ्न आफ्नो उम्मेद्वारी रहेको बताउनु भयो ।

221 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal