कलङ्कीमा मोटरसाइकल दुर्घटना : एक जनाको ज्यान गयो, एक जना घाइते

२०७८ पुष २२ गते, बिहीबार

काठमाण्डाै । काठमाण्डौको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

गएराति सवा २ बजे कलङ्कीको सब वे मा प्रदेश ३-०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलको पछाडि बस्ने धादिङ घर भइ काठमाण्डौको नैकाप बस्ने २७ वर्षकी सोफिया श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक गोरखाका ३१ वर्षका रामशरण ढकालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार चालक ढकालले जाँड रक्सी खाएर मोटरसाइकल चलाएका थिए ।
 

68 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal