रुपन्देहीमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–१२ देवकोटा चोकमा बुधबार बिहान लु ३४ प १३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिद्धार्थनगर १२ बस्ने २५ वर्षीय आशिष यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्तपालमा उपचारको क्रममा बिहान ३ बजेर ४० मिनेटमा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी निरीक्षक मधु नेपालले बताए । त्यस्तै, बुटवल उपमहागनगरपालिका–५ नेपालगन्ज रोडमा मंगलबार राति स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको हो ।
पैदलयात्री नवलपरासी वर्दघाट नगरपालिका चिसापानी घर भई हाल बुटवल उपमहानगरपालिका–९ दिपनगर बस्ने ५१ वर्षीय सुवास रानाको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका रानाको मंगलबार राति उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।