निर्धन उत्थान लघुबित्त जहरे शाखाद्वारा ३ दिने बाख्रापालन तालिम सम्पन्न

२०७८ पुष २१ गते, बुधबार

झबिन भण्डारी, सुर्खेत । तीन दिने व्यावसायिक बाख्रा पालन तालिम निर्धन सस्थाको आयोजना र निर्धन उत्थान ल वि स.जहरे को सयोजकत्वमा मिति २०७८/०९/१९ मा उदघाटन भएको थियो । उदघाट्न कार्यक्रम का प्रमुख अतिथी भेरिगङ्गा नगरपालिका वडा-९ का वडा अध्यक्ष लक्ष्मण राना, बिशिस्ट अतिथि निर्धन उत्थान लघुबित्त बित्तिय सस्था क्षेत्रीय कार्यालय सुर्खेतका कार्यक्रम अधिकृत बाबुराम कडेल, अतिथिहरुमा निर्धन सस्थाका कार्यक्रम अधिकृत मनिषरन्त कोनाजो,निर्धन उत्थान लघुबित्त शाखा जहरेका शाखा प्रबन्धक सुशिल शर्मा , शाखाका कर्मचारी , स्थानीय बुद्धिजीवी गरि ३४जना सहभागी सहित ४० जनाको उपस्थिति रहेको थियो ।

शाखाको सदस्य प्रभा थापाको अध्यक्षता, शाखा प्रबन्धक सुसिल शर्माको स्वागत मन्तब्य, कार्यक्रम अधिकृत बाबुराम कडेलले तालिमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो , निर्धन सस्थाका कार्यक्रम अधिकृत कोनोजाले तालिमको प्रभाबकारिताबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि रानाले सस्थाको यो कार्यक्रम अत्यान्तै प्रभाकारि रहेको र आगामी दिनमा सस्था सग हातेमाले गर्दै स्थानीय तह समेत अगाडि बढ्ने बताउनुभयो।बारेमा मन्तव्य सहित शुभकामना दिनुभएको थियो । यसै कर्यक्रममा शाखा प्रबन्धक शर्माले हाल निर्धन उत्थान लघुबित्तले आकर्षक ब्याजदरमा समुन्नति बचत खाता सन्चालनमा ल्याएको हुदा सम्पुर्ण सस्थामा आबद्ध ग्राहक सदस्यहरुलाइ खाता खोलि बचत गर्न अभिप्रेरित गर्नुभयो।

३ दिने तालिमको प्रशिक्षक भेरिगङ्गा नगरपालिकाका पशुसेवा कार्यालयका प्रमुख भोजराज चपाइ,भेटनरि सहजकर्ता काशिराम शर्मा रहनुभएको थियो। तालिम को सन्चालन शाखा कार्यालय जहरेका वरिष्ठ सहायक कर्मचारी डिल्लि प्रसाद अधिकारि गर्नुभएको थियो ।

240 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal