दैलेखमा जिप दुर्घटना हुँदा एकको मृत्यु

२०७८ पुष २१ गते, बुधबार

 सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारबाट जिल्ला सदरमुकाम जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा भगवतीमाई गाँउपालिका-६ स्थायी घर भई वडा नं १ मा बस्ने कृष्ण रोकायको मृत्यु भएको छ । उनी जिप चालक हुन् ।

सदरमुकामतर्फ जाँदै गरेको लु२च ४८२९ नम्बरको जीप नारायण नगरपालिका-११ मा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । घाइते तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

दुर्घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

135 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal