कपिलवस्तुबाट अवैध रुपमा गोरू ओसारपसार गरेको आरोपमा ५ जना पक्राउ

२०७८ पुष २१ गते, बुधबार

कपिलवस्तु। अवैध रूपमा गोरु ओ‌सारपसार गरेको आरोप पाँचजनालाई प्रहरीले कपिलवस्तुबाट नियन्त्रणमा लिएको छ । बुधबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको दुईवटा ट्रक जाँच गर्ने क्रममा क्षमताभन्दा बढी गोरू राखेर ओसारपसार गरेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ना६ख २०८१ नम्बरको ट्रकमा २४ वटा र ना६ख ४६३ नम्बरको ट्रकमा २६ वटा जिउँदो गोरु कोचाएर ढुवानी गरेको भन्दै पशुपंक्षी ओसारपसार क्रुर यातना सम्बन्धी कसुरमा नियन्त्रण गरिएको हो ।

पक्राउ पररेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

135 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal