एमाले कपिलवस्तुको जिल्ला सदस्यमा राम सेन ठकुरीले उम्मेदवारी दिने

२०७८ पुष २१ गते, बुधबार

कपिलवस्तु । राम सेन ठकुरीले एमाले कपिलवस्तुको अधिवेशनमा जिल्ला सदस्यमा उम्मेद्वारी दिनु हुने भएको छ । यहीँ पुस २३ र २४ गते हुन लागेको जिल्ला अधिवेशनमा ठकुरीले सदस्य पदमा आफ्नो उम्मेदवारी रहने बताउनुभएको हो । जिल्लाका संक्रिय कार्याकर्ता रुपमा परिचित ठकुरी एक दशक बढी देखि नै नेकपा एमालेको संक्रिय राजनीतिमा होमिनुभएको थियो ।

पार्टीका नेता कार्यकर्ताले दिएको साथको कदर र सम्मानको गर्दै जिल्लामा पार्टीलाई थप मजबुत तुल्याउन आफ्नो उम्मेदवारी रहेको ठकुरीको भनाई छ ।

उहाँले सर्वसम्मत र निर्वाचन प्रक्रियाबाट पार्टीको जिल्ला अधिवेशन सफल पार्न चुनिनुभएका जिल्ला अधिवेशन प्रतिनिधिको साथ मिल्ने समेत विश्वास व्यक्त गर्नुभएको छ । ठकुरीले पार्टीको हित र सामाजिक हितमा सदैव लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।

86 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal