कांग्रेस : डा. शेखर कोइराला समूहको बैठक आज

२०७८ पुष २१ गते, बुधबार

काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ ।  महाधिवेशन र त्यसपछिको पार्टी भित्रको अवस्थाको समीक्षा गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे सिंहदरबार अगाडि रहेको एक होटलमा बस्ने छ । महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले आफू इतर परेको मतलाई अपमान गरेको ठहर गरेको कोइराला पक्षले बैठक गरी सामूहिक धारणा बनाउन लागेको हो ।

72 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal