संचारकर्मि भुसाल द्वारा जिल्ला सदस्यमा उम्मेदवारी: पार्टिमा जिम्मेवारी लिएपछि संचार क्षेत्रमा बिश्राम लिने

सन्धिखर्क । सक्रिय पत्रकार तथा समाजसेवी दिपक भुसालले नेकपा (एमाले) को आठौं अर्घाखाँची जिल्ला अधिवेशनमा सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
एमाले अर्घाखाँचीको आगामी पौष २३ गते शुक्रवार हुने आठौं जिल्ला अधिवेशनमा पत्रकार तथा समाजसेवी दिपक भुसालले सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सन्धिखर्क नगरपालिका–५ रिङ्गदी वलेवाङ्गका भुसाल विद्यार्थी हुँदै पत्रकार वृत्तमा लोकप्रिय, आशालाग्दा युवा हुन् । यस्तै एमालेलाई सुदृढ, सबल र सक्षम तथा जनमुखी पाटी बनाउने उनको लक्ष्य छ । पाटीभित्र गुटबन्दीको अन्त्य गर्दै सबै कार्यकर्ताहरुको भावनाको कदर गर्दै, सांगठानिक गतिविधिलाई व्यवस्थित गर्ने एवं युवालाई अवसर र अग्रजलाई सम्मान गर्दै अर्घाखाँचीमा पहिलो शक्तिशाली पाटी बनाउन आफुले यस पटक जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेको भुसालले बताए ।
‘सदस्य पदमा बसेर पार्टीलाई थप शक्तिशाली, उर्जावान र गतिशिल बनाउन भूमिका खेल्छु,’ । ूगाउँ, टोल, बस्ती, स्कुल, कलेज जताततै एमालेको लहर ल्याउन अहोरात्र खट्छु ।’ उनले भने ।ू
आउँदो तीनै तहको चुनावमा एमालेका उम्मेदवारलाई जिताउने गरी पाटी संगठनमा काम गर्ने भुसालले बताए ।
भुसालले समाजसेवी बाहेक बुद्धबाटिका अनलाइन डट्कमको बागमति प्रदेश ब्युरो प्रमुखको जिम्मेवारी लिएर काम गरेका छन् ।