अनेरास्ववियु कपिलवस्तुका निवर्तमान अध्यक्ष अर्यालले गरे एमाले जिल्ला सदस्यमा उम्मेदवारी घोषणा

कपिलवस्तु । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय कमिटी सदस्य तथा कपिलवस्तुका पुर्व अध्यक्ष बाबुराम अर्यालले नेकपा एमालेको अधिवेशनमा जिल्ला सदस्यको लागि उम्मेदवारी दिने बताउनु भएको छ ।
१३ बर्षको उमेरमा अनेरास्ववियु बाणगंगा माबी बाट विद्यार्थी राजनीति जीवन सुरु गर्नुभएका अर्यालले अनेरास्ववियु कपिलवस्तुको नेतृत्व गर्दै पार्टीमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ । नेकपा एमाले कपिलवस्तुको नवौ जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएका अर्यालले पार्टी नेता कार्यकर्ताले दिएको साथलाइ सधै कदर र सम्मान गर्ने बताउनु भएको छ ।
साथै उहाले सर्वसहमत र निर्वाचन प्रक्रिया बाट पार्टिको जिल्ला अधिवेशन सफल पार्न चुनिनुभएका जिल्ला अधिवेशन प्रतिनिधिलाइ सहयोगको अपिल गर्नुभएको छ ।