राष्ट्रिय युवा संघ नेपालका नगर सचिब खड्का द्वारा एमाले जिल्ला सदस्यमा उम्मेदवारी घोषणा

कपिलवस्तु । राष्ट्रिय युवा संघ नेपाल बुद्धभुमी नगर कमिटि सचिब देबेन्द्र खड्का द्वारा एमाले कपिलवस्तुको जिल्ला सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । युवा नेतृत्व सक्षम र अब्बल नेतृत्व हुन्छ भन्ने मान्यता राख्ने खड्काले एमाले जिल्ला अधिवेशनमा कपिलवस्तु जिल्ला सदस्यमा उम्मेदवारी दिने घोषणा समेत गर्नुभएको छ ।
नेकपा एमाले बुद्धभुमिमा युवा बिचार र सिद्धान्त आवश्यक रहेको तर सोछे अनुरुप हुन नसकेको भन्दै अब युवा हरु सक्रिय राजनीतिमा आउनु पर्ने बताउनु भएको छ । एमाले बुद्धभुमीको प्रचार प्रसार बिभाग सदस्य, राष्ट्रिय युवासंघ नेपाल बुद्धभुमी नगर कमिटीको सचिबको जिम्मेवारीमा रहनु भएका खड्काले जिल्ला सदस्यमा रहेर युवाको आवजलाइ स्थापित गर्ने बताउनु भएको छ ।
बुद्धभुमि नगरपालिका वडा ४ निवासी खड्काले आफुलाइ जिल्ला सदस्यमा बसेर काम गर्ने अवसर प्राप्त भए युवा आवजलाइ जिल्लामा बुलन्द गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । खड्काले जिल्ला सदस्यमा आफुलाइ निर्वाचित गराउन एमाले प्रतिनिधि समक्ष आग्रह समेत गर्नुभयो ।