राप्रपा जिल्ला उपसभापति एमालेमा प्रवेश: गुल्मी कांग्रेसमा खैलावैला

गुल्मी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गुल्मिका उपसभापति ओम बहादुर केसि नेकपा एमालेम प्रवेश गर्नुभएको छ । राप्रपाको जिल्ला उपसभापति पद त्याग गरि केसि एमाले प्रवेश गर्नुभएको हो । सामाजिक ब्यक्ति र समाजमा उच्च छवि बनाएका केसि जनताको प्यारो पार्टी एमाले पार्टी रहेको बताउदै सुखी नेपाली समृद्धि नेपालको अभियानलाइ एमालेले मात्र पुरा गर्न सक्ने बताउनु भएको छ ।
आज गुल्मीको मदाने गाउँपालिकामा एक कार्यक्रम आयोजना गरि केसि लाई एमाले प्रवेश गराइएको मदाने ६ का अध्यक्ष तथा विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय सदस्य बाबुराम कुवरले जानकारी दिनु भयो । नेकपा एमालेका केन्द्रिय सदस्य दिनेश पन्थीले राप्रपाका उपसभापति केसिलाइ टीका खादा लगाएर एमाले प्रवेश गराउनु भएको हो । आज आफू मात्र प्रवेश गरेको र केही दिनमै सयौं कार्यकर्ता एमाले प्रवेश गराउने र सुर्य झणडामा संगठित गराउने भन्दै केसिले अब गुल्मीका सबै क्षेत्रमा एमाले ले निर्वाचन जित्ने दाबी गर्नुभयो ।
यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य दिनेश पन्थीले नेकपा एमाले अझै शशक्त भएर लागेको र निर्वाचनमा गुल्मीमा सबै क्षेत्रमा एमाले पहिलो पार्टी रहेको दाबी गर्नुभयो । उहाले भन्नुभयो “गुल्मीमा नेकपा एमाले कमजोर छैन, कोहि अवसरवादी हरु टुक्रिए पनि एमाले प्रती जनताको आशा र बिश्वास घटेको छैन र यो बिश्वास लाई पार्टी नेतृत्वले सम्मान गर्नु पर्छ ।” शहरी बिकास मन्त्री रामकुमारी झाक्रीको गृह जिल्लामा एमालेको अत्यन्तै राम्रो प्रभाव रहेकोले पनि पन्थिले पाच दलिय गठबन्धन लाई चुनौती समेत दिनुभएको छ ।
गुल्मीमा पाँच दल मिलेर आए पनि एमाले एक्लै भिड्ने र जमानत जफत गरिदिने चुनौती दिदै मन्त्री झाक्री अवसरवादी र दहि चिउरे रहेको पनि बताउनु भयो । साथै नेकपा एमालेका केन्द्रिय सदस्य दिनेश पन्थीले जिल्ला अधिवेशन नजिकिँदै गएकाले पार्टी कार्यकर्तालाइ अधिवेशनको तयारिमा जुट्न आह्वान समेत गर्नुभयो ।