माओवादी अध्यक्षमा पुन: निर्वाचित प्रचण्डलाई अमेरिकाको बधाइ
२०७८ पुष २० गते, मंगलवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुनः निर्वाचित पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकाले बधाइ तथा शुभकामना दिएको छ ।
प्रचण्ड अध्यक्षमा निर्वाचित भएको एकदिनपछि काठमाडौंस्थित अमेरिकी दूतावासले बधाइ दिएको हो । काठमाडौंमा सम्पन्न सत्तारुढ दलको सोमबार सम्पन्न महाधिवेशनबाट प्रचण्ड निर्विरोध अध्यक्षमा चुनिएका हुन् ।
ट्वीटमार्फत अमेरिकाले दिएको बधाइमा नेपालसहित विश्वको लोकतन्त्र र लोकतान्त्रिक प्रक्रियामा अमेरिका प्रतिबद्ध रहेको जनाइएको छ ।
88 Views