भारतीय प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी महिलामाथि गोली प्रहार

२०७८ पुष २० गते, मंगलवार

 काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी एक महिलामाथि गोली प्रहार भएको छ । गोली लागेर घाइते ती महिला अस्पतालमा भर्ना भएकी छन् ।

उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो । खुट्टामा गोली लागेर घाइते उनलाई सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनीमाथि गोली चलाउने व्यक्तिको भने पहिचान भएको छैन ।

154 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal