शिवराजमा माहादेव पोख्रेलको लोकप्रियता: सर्वाधिक मत सहित प्रतिनिधमा बिजयि

२०७८ पुष २० गते, मंगलवार

शिवराज । नेकपा एमाले पार्टि भित्र अब्बल छवि बनाएका माहादेव पोख्रेलले वडा ५ बाट लोकप्रिय मत प्राप्त गरेका छन् । एमालेको जिल्ला अधिवेशनका लागी शिवराजको वडा ५ बाट जाने प्रतिनिधका लागी भएको निर्वाचनमा पोख्रेलले सर्वाधिक मत प्राप्त गरेका हुन । १० जना बिच भएको प्रतिस्पर्धामा पोख्रेलले २ सय ५३ सर्वाधिक मत प्राप्त गरे ।

त्यसतै दोस्रोमा दमन भाट क्षेत्रीले २ सय ४५ , तेस्रोमा नेत्र प्रसाद बेल्बासेले १ सय ९५ , चौथोमा शरद अधिकारी १ सय ७१ , पाचौमा दिपक पौडेल १ सय ७० र छैठोमा राजकुमार यधा क्षेत्री १ सय ६९ मत प्राप्त गदै जिल्ला प्रतिनिधिका रुपमा निर्वाचित भएका छन ।

जिल्ला प्रतिनिधीका लागी भएको निर्वाचनमा महादेव प्रोख्रेललाई प्राप्त भएको सर्वाधिक मतले भित्रका आन्तरिक संका र द्धन्द समापन भई पार्टि एक ढिक्का रहेको सन्देश दिएको एमाले कार्यकर्ताले बताए । प्रतिनिधी छनोट गर्ने सन्र्दभमा सहमति जुट्न नसके पछि वडामा निर्वाचन गरीएको थियो । निर्वाचनका मत परिणाम घोषणा गदै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले यो हामी भित्रको निर्वाचन हो, हामी सबै एक हो र एक छौ । औपचारिक जित हार जे भए पनि हामी एमाले हौ उनले भने ।

शिवराज नगर कमिटिका अध्यक्ष जगत पौडेलले यो निर्वाचनको मत परिणामलाई लिएर कसैले पनि अनावश्यक प्रचारबाची नगर्न र होहल्ला नगर्न सझाए । एमालेको वडा प्रतिनिधिका लागी भएको निर्वाचनले पार्टि भित्र पोख्रेलको नेतृत्व स्वीकार परिस्थीती निर्माणका रुपमा देखिएको छ । यो मत परिणामले पोख्रेललाई भावि निर्वाचनमा ग्रिन सीग्नल दिएको एक थरीको बुझाइ रहेको छ ।

369 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal