एमाले कपिलवस्तु अधिबेशन: सचिबमा भेषराज पाण्डेको उम्मेदवारी

२०७८ पुष २० गते, मंगलवार

कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुको २३ पुसमा हुने नवौ अधिबेशनमा सचिव पदमा भेषराज पाण्डेले उम्मेदवारी दिने घोषणा गरेका छन् । पाण्डेले आफू ब्यवस्थापन शास्त्रको विद्यार्थी भएकाले सही ब्यक्तिलाई सही सयममा सही भूमिका दिनु पर्ने वताउँदै सचिवका लागि आफू सबैभन्दा उत्तम विकल्प रहेको बताए ।

पाण्डेले पार्टीमा सचिवले संगठन, मञ्च, माइन्यूट र दैनिक प्रशासनको नेतृत्व गर्नु पर्ने भन्दै ती सबैमा अब्बल क्षमताका साथ काम गर्न आफू तयार भएको बताए । हाल ४७ औ वर्षमा प्रबेश गरेका पाण्डे १४ वर्षको उमेरमा अनेरास्ववियू २ नम्वर इलाका कमिटी अर्घाखाँचीको अध्यक्षवाट संगठनको राजनीति शुरु गरेका थिए ।

विसं २०५१ सालमा कपिलवस्तु बहुमुखी क्याम्पस पढ्दा क्याम्पसकै इतिहासमा पहिलो पटक अनेरास्ववियूका तर्फवाट स्ववियू सभापति जितेर राजनैतिक रुपमा फड्को मारेका थिए पाण्डेले । तौलिहवा क्याम्पसमा अनेरास्ववियूले त्यस अघि र अहिले सम्म स्ववियू जित्न सकेको छैन । पाण्डेको ब्यक्तिगत प्रभाव र संगठन गर्ने फरक क्षमताकारण स्ववियू जितेको पाण्डेलाई चिन्नेहरु बताउँछन् ।

पाण्डे अनेरास्ववियूको २ पटक जिल्ला अध्यक्ष , २ पटक लुम्विनी अञ्चल अध्यक्ष हँुदै अनेरास्ववियूको राजनीतिमा स्थापित भएका हुन् । पाण्डे पार्टी राजनीतिमा वि।सं। २०५२ सालवाट प्रबेश गरेका हुन् भने वि।सं। २०५२ मा एमाले इकालका नं ५ को उपसचिव हुदै सचिव बनेका पाण्डे वि।सं। २०५४ सालवाट जिल्ला कमिटीमा रहेर हाल सम्म निरन्तर क्रियाशील रहँदै आएका छन् ।

वि।सं। २०६०(०६३ को कार्यकालमा एमाले कपिलवस्तुको कार्यालय सचिव भएर एक कार्यकाल कुशलता पूर्वक कार्यलय संचालन गरेका पाण्डेले करिव १५ वर्ष सम्म क्याम्पसमा प्रध्यापन समेत गरेको पाण्डेको अनुभव छ । संचार क्षेत्रमा कपिलवस्तुकै अग्रभागमा रहेर समेत काम गरी सकेका छन् पाण्डेले । ब्यस्थापन शास्त्र अन्तर्गत लेखा शास्त्रमा स्नातकोत्तर ९एमविएस० र बौद्ध विश्वविद्यालयवाट ९एमएविएस०गरेका पाण्डे हाल प्रयोगात्मक बौद्ध शिक्षावाट पिएचडीको अध्ययनरत छन् पाण्डे ।

पाण्डेले कपिलवस्तु नगर कमिटी अध्यक्ष एवम इन्चार्ज, एमाले जिल्ला प्रचार विभागको प्रमुख जस्ता जिम्मेवारी विगतमा सम्हाल्दै आफूलाई एक कुशल संगठकका रुपमा परिचित गराएका छन् ।

यसपाली सचिवमा उम्मेदवारी दिएको वताउँदै आत्मीय मित्रहरुको साथ र सहयोगले विजयी हुनेमा आफू ढुक्क रहेको बताउँदै आदरणीय मतदाता मित्रहरुलाई सहयोगको लागि अनुरोध गरेका छन् पाण्डेले । त्यसो त पाण्डे अहिले सम्म कुनै पनि विवादीत काममा नपरेको स्वच्छ छविको कार्यकर्ता भएकाले पनि धेरैको रोजाइको पात्र बनेको एमाले कार्यकर्ताहरु बताउँछन् ।

134 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal