धनुषामा निर्धन उत्थान लघुवित्तद्वारा ब्यवसायिक बाख्रापालन तालिम सम्पन्न
काठमाण्डौ । काठमाण्डौ नक्सालमा केन्द्रीयकार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय यदुकुहाले संस्थाका आफ्ना ३५ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७८ पौष १६ गते देखि १८ गते सम्म धनुषा जिल्लाको यदुकुहामा“ब्यवसायिक बाख्रा पालन तालिम” सम्पन्न गरेको संस्थाका यदुकुहा शाखा कार्यालयका शाखा प्रमुख श्री विनोद रामले जानकारी गराउनु भयो । सहिदनगर नगर पालिका वडा नंं. ३ यदुकुहाको वडा अध्यक्ष श्री नागेन्द्र प्रसाद मण्डल ज्यूको प्रमुख आतिथ्यता तथा निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लि. क्षेत्रिय कार्यालय बर्दिबासका क्षेत्रिय प्रमुख श्री परमेश्वर चौधरीको विशिष्ट अतिथि र , सहिदनगर नगर पालिका वडा नंं. ३ यदुकुहाको वडा सदस्यको अतिथ्यतामा सम्पन्न तालिम कार्यक्रममा प्रशिक्षकहरु भु.पु. अध्यक्ष नेपाल भेटनरी एशोसिएसन प्रदेश नं.२, र सपही भेटेनरी क्याप्स संयोजक डा. विनोद कुमार यादव रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नागेन्द्र प्रसाद मण्डलले संस्थाले लघुबित्त सेवा मात्र नभएर सदस्य हरुलाई तालिम तथा सिप बिकाश गराई सदस्य लाई ब्यबसायी बनाई रोजगारी र आयआर्जनमा बृद्दि मा सहयोग पुर्याएकोमा खुसि ब्यक्त गर्नुभयो । सहिदनगर नगरपालिकाका वडा न. सदस्य श्री शुसिल कुमार साहले लक्षीत वर्गमा वित्तीय सेवा नभई महिला सशक्तीकरणमा लघुवित्त कार्यक्रम प्रभाबकारी रहेकोमा खुशि ब्यक्त गनुभयो । संस्थाका क्षेत्रीय प्रमुख श्री परमेश्वर चौधरीले परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवादिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नतीतिर अगाडि बढेको बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा संस्थाका शाखा कार्यालयका प्रमुख विनोद रामले प्रकाश पारेका थिए ।
बखापालन ब्यवसाय एक परिचय, नेपालमा बाख्रा पालनको आबश्यकता, महत्ब र बर्तमान स्थिती, बाख्राका बिभिन्न जातहरुको जानकारी , बाख्राको खोर निर्माण, ब्रिडिङ सम्बन्धी जानकारी, स्वास्थ्य सम्बन्धी जानकारी, पाठापाठी हुर्काउने तरिका, रोगी तथा निरोगी बाख्राको पहिचान, बाख्रामा लाग्ने रोगहरु (परजिवि जिबाणु र मेटावोलिक), बाख्रामा आहारको महत्व (सन्तुलित आहार बनाउने तरिका, हरियो घास ब्यबस्थापन), गर्भिणी तथा सुत्केरी माउ स्याहार, स्थानीयश्रोत साधनप्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, सोतरको महत्व एवम् सोतरको लागिप्रयोग गरिने वस्तुहरु, परिजिविहरुको नियन्त्रण साथै खोप कार्यक्रमबारे जानकारी, स्थानीय बाख्रापालनको महत्व, कमी, कमजोरी, संरक्षण तथाविकास, बजार ब्यवस्थापन,बचतको महत्वतथा संस्थाको पब्लिक डिपोजिटको बारेमा, संस्थाका सेवाहरुको आदिबारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको यदुकुहा शाखाका शाखा प्रमुख विनोद रामले बताएका थिए ।
यस निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा सञ्जाल रहेको नेपालको एक मात्र सबै भन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, ०७ वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १८९ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानी गर्नुका साथै सीपमूलकतालिम, उद्यमशीलताविकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालनगर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आईरहेको छ । यस संस्थाले देशको कुनाकुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आईरहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आईरहेको छ ।
तालिमको अन्त्यमा तालिमको मुल्याकंन सहभागी श्री जगतान देवीले मन्तब्य राखेका थिए । ब्यवसायिक रुपमा उन्नत बाख्रापालन गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएकाथिए । बाख्रापालन गरीरहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका क्षेत्रीय प्रमुख परमेश्वर चौधरीले जानकारी गराएका थिए । तालिमको संचालन यदुकुहा शाखाका कर्मचारी विजय कुमार यादवले गरेका थिए ।
संस्थाले २०७८ कार्तिक मसान्त सम्ममा ३ लाख ८४हजार ५१२ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७८ कार्तिक मसान्त सम्ममा लगानीमा रहेको कर्जा रु. २५ अरब ७८ करोड रहेको छ भने ग्राहक सदस्यहरुका १६ अरब ५२ करोड बचत परिचालन गरेको छ ।