डीवाई–२८ जातको धानमा बाला नलागेका किसानले आजदेखि क्षतिपूर्ति पाउने
२०७८ पुष १८ गते, आईतवार
काठमाण्डाै । धानमा बाला नलागेर पीडित भएका किसानले आजदेखि क्षतिपूर्ति पाउने भएका छन् ।
काठमाण्डौको बूढानीलकण्ठबाट राहत वितरण सुरु हुँदैछ । यसअघि नै राहत रकम वितरण गर्ने भने पनि केही ढिलाइ भएको तर आजदेखि वितरण थालिने बीउ बिजन गुणस्तर केन्द्रले जनाएको छ ।
क्षतिपूर्तिका लागि छुटेकासहित ७ हजार आठ सय रोपनी क्षेत्र किटान भइसकेको र त्यसैअनुसार आजदेखि वितरण थालिने केन्द्रका सूचना अधिकारी प्रकाश आचार्यले बताउनुभयो ।
केन्द्रले डीवाई–२८ जातको धानमा बाला नलागेपछि बीउ आयात गर्ने कम्पनी काष्ठमण्डप ट्रेड पोइन्ट कालीमाटी काठमाण्डौलाई क्षतिपूर्ति वितरण गर्न निर्देशन दिएको छ । क्षतिपूर्ति वितरणमा आनाकानी गरे बीउ बिजन ऐन अनुसार कारबाही हुने पनि केन्द्रले जनाएको छ ।
95 Views