संयुक्त एम्बुलेन्स चालक संघ कपिलवस्तुको अध्यक्षमा कमल घिमिरे
हरि आचार्य,कपिलवस्तु । जीवन र मृत्यु जस्तो जीवनको संवेदनशिलमा विशेष भुमिका रहने संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा कपिलवस्तुको चौथो बार्षिक साधारण सभा अधिवेशन सम्पन्न भएको छ । बार्षिक साधारण सभामा संस्थाको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
त्यस्तै चौथो अधिवेशनले कमल घिमिरेको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा हरि कृष्ण लोध, उपाध्यक्षमा हरिराम ढवल, सचिवमा कृष्ण पोख्रेल, सहसचिवमा सहराजुद्धिन मुसलवान, कोषाध्यक्षमा अनुप कुमार ओझा र सह कोषाध्यक्षमा अस्रफ मलिक चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा कमल अर्याल, मुक्तार अलि, प्रदिप मल्ल, विजय बहादुर चौधरी, नेत्रराम यादव, पवन कुमार यादव राजनारायण कुर्मी चयन भएका छन् ।
अध्यक्ष भएसंगै घिमिरेले बिरामीहरुको उपचारका लागि २४ सै घण्टा अनवरत रुपमा खटिने एम्बुलेन्स चालकका समस्या, चुनौती, समाजले हेर्ने दृष्टिकोण तथा अप्ठ्याराहरुको बारेमा स्पष्ट पारेका थिए । अध्यक्ष घिमिरेले अध्यक्षमा चयन गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै संस्थालाई अझ सशक्त ढंगले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष घिमिरेले विगतका दिनमा कोरोनाले आक्रान्त फैलाएको समयमा स्वास्थ्य सुरक्षा सामग्रीहरु अभाव भएको बेलामा पनि विरामी लिएर अस्पताल जाँदाको पिडा पनि सुनाए । उनले कोरोनका लहर, विभिन्न महामारीको समय, सवारी दुर्घटना, प्राकृतिक विपद जस्ता जटिल परिस्थितीमा पनि एम्बुलेन्स चालकले जनताको सेवा गर्ने भएकाले सम्बन्धित निकायले यस तर्फ सोच्न आवश्यक रहेको बताए । उनले जस्तो सुकै परिस्थितीमा पनि बिरामीहरुको साथमा आफु रहने बताउदै सबैलाई समावेश गरि संस्थालाई समाजीक सेवामा अब्बल संस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अध्यक्षमा चयन भएसंगै संघका सम्पुर्ण सदस्यहरुले आशा लाग्दो अनि चालक हरुको भरोसाको केन्द्र रहेको भन्दै बधाई ज्ञापन गरेका थिए ।
पुर्व अध्यक्ष मधु बेल्बासेको अध्यक्षता, एडमन सिटी अस्पतालका प्रमुख प्रकाश रानाको प्रमुख आतिथ्यता, अर्थोसर्जन डा।प्रकृतिराज कडेलको विशिष्ठ आतिथ्यता, लुम्बिनी नर्सिङ होम प्रालिका अर्थोसर्जन राजकृष्ण श्रेष्ठ, एडमन सिटीका युरो सर्जन राजु लिम्बु, संघको रुपवन्देही शाखाका अध्यक्ष मन बहादुर गुरुङको आतिथ्यता, जिल्लाका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिती रहेको कार्यक्रम पुर्व उपाध्यक्ष कमल घिमिरेको स्वागत तथा संघका केन्द्रिय महा सचिव मुक्ति काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो ।