‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारले जावलाखेललाई हरायो

२०७८ पुष १७ गते, शनिबार

काठमाण्डाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजको पहिले खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले जावलाखेललाई २–१ गोलले हराएको हो । थ्री स्टारका आयुष घलान र ऋतिककुमार खड्काले गोल गरे । जावलाखेलका लागि निकोलस फर्नान्डेसले एक गोल फर्काए । जितसँगै थ्री स्टार १० अंकसहित पाँचौ स्थानमा पुगेको छ । सात अंक रहेको जावलाखेल नवौँ स्थानमा रहेको छ ।

91 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal