बुद्धभुमिको मोर्मामा माघि महोत्सव हुने: तयारी भव्य
बिकाश भुसाल, कपिलवस्तु । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष कपिलवस्तुको बुद्धभुमी नगरपालिका वार्ड न. ४ (मोर्मा) मा प्रथम वडा स्तरीय माघी(खिचडी) महोत्सव हुने भएको छ । विशेषगरी पछिल्लो समय नेपाली समाजमा छुट्टै पहिचान बनाउँन सफल यस थारु समुदायको महान पर्व माघी लाई निरन्तरता दिदै प्रथम माघी मिलन महोत्सवका संयोजक नन्दराम थारुले बताउनु भयो ।
उहाले थारु समुदायको नव बर्ष माघीलाई निरन्तरता दिदै माघ १ र २ गते प्रथम माघी मिलन महोत्सव बुद्धभुमी नगरपालिका ४ मोर्मामा मनाउने बताउनु भयो । त्यस्तै वडा स्तरीय माघी महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ । जुन तारा युवा क्लब मोर्मा गाउँ समाजको आयोजना मा हुने माघी महोत्सवमा १० हजार भन्दा बढी उपस्तिथि हुने जनाइएको छ । शुक्रबार बसेको थारु अगुवा समाजसेवी, बुद्धिजिवी, पत्रकार, लगायतको बृहत भेलाले थारु कल्यणकारीका अगुवा नन्दराम थारुको संयोजकत्वमा १३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
जस अनुसार सचिबमा बिनय कुमार थारु, कोषाध्यक्षमा रिमा कुमारी थारु, सदस्यमा दानकुमारी थारु, सरस्वती थारु, ममता थारुको जिम्मेवारी रहेको छ । जसको आर्थिक र सचिवालय व्यवस्थापन समितिको संयोजकमा किरण कुमार चौधरी थारु रहनु भएको छ भने माघी संस्कृति व्यवस्थापन समितिका संयोजकमा आदित्य थारु , प्रचार प्रसार संयोजक दिलिप कुमार थारु, मंञ्च व्यवस्थापन समिती संयोजकमा पारस थारु, आवस तथा भान्सा व्यवस्थापन समितिको संयोजकमा सुरेश थारु, झाँकी व्यवस्थापन समिती संयोजकमा , अथिति सत्कार समितिको संयोजकमा बिष्णु थारु, स्वंयसेवक तथा सुरक्षा व्यवस्थापन समितिको संयोजकमा गोपाल थारु लगायत समितिमा रहनु भएको छ । बुद्धभुमी नगरपालिका ४ मोर्मा पिपल डाँडामा हुने महोत्सवमा बुद्धभुमी नगरपालिका वडा नं ४ को कार्यालयको सहयोगमा सम्पन्न हुने प्रचार प्रसार बिभाग प्रमुख दिलिप थारुले बुद्धबाटिका अनलाइन लाई बताउनु भयो ।