ललिता निवास जग्गा प्रकरणमा १ सय २० जनाविरुद्ध पक्राउ पुर्जी

२०७८ पुष १६ गते, शुक्रबार

काठमाण्डाै । ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाण्डाै जिल्ला अदालतले एक सय २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

गएकाे आइतवारयता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज शुक्रवार आठ जनाविरुद्ध काठमाण्डाै जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकाे हाे ।  

यस प्रकरणमा उच्च पदस्थ कर्मचारीसहित, भूमाफिया र व्यापारीकाे नामसमेत जाेडिएकाे थियाे । यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अध्ययन गरिरहेकाे छ । 

119 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal