गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा यसपटक २५ प्रतिशतले बढी राजस्व संकलन
काठमाडौं । कोरोना महामारी केही कम भएसँगै सरकारको राजस्व संकलन सामान्य अवस्थामा फर्किएको छ । कोभिड संक्रमणको २ वर्षसम्म ऋणात्मक भएको राजस्व संकलन पछिल्लो समय लयमा फर्किएको सरकारी अधिकारीहरुको दावी छ । चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले यो वर्ष राजस्वबाट १० खर्ब ६९ अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ । हालसम्म लक्ष्यको ३८ दशमलव २८ प्रतिशत राजस्व संकलन भएको छ । गत वर्ष सोही अवधिमा ३ खर्ब ६ अर्ब राजस्व संकलन भएको थियो ।
गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा यसपटक २५ प्रतिशतले बढी राजस्व संकलन भएको छ । साढे ५ महिनामा सरकारले अनुदान शीर्षकमा ३३ अर्ब ४ करोड संकलन भएको छ । अनुदान शीर्षकमा ६ अर्ब ३० करोड जम्मा भएको छ ।
यसरी कुल प्राप्ति ४ खर्ब ८१ अर्ब संकलन भएको छ । यसैगरी खर्चतर्फ ४ खर्ब ३६ अर्ब खर्च भएको छ । विकास खर्च भने ८ प्रतिशतबाट बढ्न सकेको छैन ।