त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा बाह्य उडान खुल्यो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा बाह्य उडान सुचालु भएको छ । बाक्लो हुस्सु र कुइरोका कारण विहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भिजिबिलिटी बढेसँगै खुलेको हो।
विमानस्थल खुलेसँगै विहानैदेखि विभिन्न देशबाट आएर आकाशमै होल्ड भएर बसेका विमानहरू अवतरण भएका छन् ।
आन्तरिकतर्फ भद्रपुर, पोखरा, विराटनगरका लागि उडान सुरु भइसकेको विमानस्थल प्रशासनले जनाएको छ ।
खराब मौसमका कारण विदेशबाट आएका ८ अन्तर्राष्ट्रिय विमानले काठमाडौंदेखि सिमराको आकाशमै होल्ड हुनुपरेको थियो ।
लामो समय आकाशमै होल्ड भएका तीनवटा विमान बंगलादेशको ढाका र एउटा भारतको कलकत्ता डाइभर्ट गरिएका थिए ।
अन्तर्राष्ट्रिय विमान उडान तथा अवतरणका लागि कम्तीमा २८ सय र आन्तरिकका लागि २ हजार मिटर भिजिविलिटी आवश्यक हुन्छ ।