बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्ति आतंक

२०७८ पुष १६ गते, शुक्रबार

बर्दिया । बर्दियामा जंगली हात्तीको आतंक बढेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–१ मा जंगली हात्ति आतंक बढेको हो ।

दिनहुँ जस्तो निकुञ्जबाट आउने हात्तीले स्थानीयले लगाएको अन्न बाली क्षती गर्नुका साथै घर भत्काउनु थालेपछि स्थानीय चिन्तित बनेका छन् ।

हात्तीले आज बिहान गेरुवा–१ बनखेतका स्थानीय जनक थापाको घर भत्काउनुका साथै बर्ष दिन खाने धानको भकारी फुटाएर धान खाएको छ भने अर्का चुनकु थारूको भान्सा घर भत्काएको सक्रिय युबा समाज गेरुवाका अध्यक्ष निश्चल न्यौपानेले बताउनु भयो ।

घटनाबारे सरोकारवाला र स्थानीय प्रशासन समेत मौन रहेको अध्यक्ष न्यौपानेको आरोप छ ।

उक्त क्षेत्रमा हात्ती आतंक नियमित हुँदै आएको गेरुवा–१ का वडाध्यक्ष दया शंकर बैधको भनाइ छ ।

91 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal