निर्धन उत्थान केन्द्रिय कर्मचारी समितिको महाधिवेशन माघ १२,१३ गते चितवनमा हुने
२०७८ पुष १६ गते, शुक्रबार
काठमाडौ । निर्धन उत्थान लघुबित्त बित्तिय सस्थामा रहेको आधिकारिक ट्रेड युनियन को नवौ महाधिबेशन माघ १२ , १३ गते चितवनमा हुने भएको छ।काठमाडौ मा बसेको केन्द्रिय समितिले यस्तो निर्णय गरेको छ।
महेन्द्र बहादुर चौधरी को सयोजकत्वमा बिधान सशोधन समिति चयन भएको छ ।बैठकले महाधिवेशन आर्थिक सहयोग समिति गठन गर्दै सम्पुर्ण सस्थामा कार्यरत कर्मचारी लाइ आर्थिक सहयोग को लागि आवहन गरेको छ।
रित्त रहेको उपाध्यक्षमा समितीका सचिव बखत बहादुर रावल तथा सचिव मा केन्द्रिय सदस्य झबिन भण्डारीलाइ चयन गरेको छ भने सदस्यमा आसिफ खान,शंकर पाण्डे , गुणराज भट्टराई ,प्रेम बहादुर खडका ,महिला सदस्यमा भारति बस्नेतलाइ चयन गरेको छ।
494 Views