अखिल जिल्ला सचिवालय बैठक: सह–संयोजकमा खनाल, सचिबको जिम्मेवारी रतन बि.क.लाई

२०७८ पुष १५ गते, बिहीबार

कपिलवस्तु । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको सह संयोजकको जिम्मेवारी अन्जित खनालले पाएका छन् । अनेरास्ववियु कपिलवस्तुको दोस्रो सचिवालय बैठकले खनाललाई सह संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।
वि.स.२०६९ सालमा बाणगंगा बहुमुखी क्याम्पसको क्याम्पस कमिटिको सह सचिव भई बिद्यार्थी राजनिति सुरु गरेका खनाल १ दशक बढी सक्रिय रुपमा विद्यार्थी राजनिति गर्दै आएका छन् । उनीसंग अनेरास्ववियुको जिल्ला कमिटि सदस्य, कोषाध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव पनि छ ।
जिल्ला सह संयोजकको जिम्मेवारी पाएसंगै खनालले संगठनलाई सशक्त र मजबुत बनाउनमा आफ्नो विशेष भुमिका रहने बताए । उनले सबैको सल्लाह र सुझाव अनुसार संगठनलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त समेत गरे ।
त्यस्तै बैठकले नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको सचिबको जिम्मेवारी रतन वि.क. ले पाएका छन् । अनेरास्ववियु कपिलवस्तुको दोस्रो सचिवालय बैठकले वि.क. लाई सचिबको जिम्मेवारी प्रदान गरेको हो ।
अनेरास्ववियु गौतम बुद्धक्याम्पस कमिटी अध्यक्ष हुँदै जिल्ला सदस्य, केन्द्रिय कमिटी सदस्य , राष्ट्रिय परिषद सदस्य, र अखिल जिल्ला सचिवालय बाट जिल्ला सचिब को जिम्मेवारी पाएका हुन ।
जिल्ला सचिबको जिम्मेवारी पाएसंगै वि.क.ले संगठनलाई सशक्त र मजबुत बनाउनमा आफ्नो विशेष भुमिका रहने बताए । उनले सबैको सल्लाह र सुझाव अनुसार संगठनलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त समेत गरे ।

170 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal