प्रचण्डको प्रतिवेदनमाथि टोली नेताहरूले निष्कर्ष चल्दै
काठमाण्डाै । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमाथि विभिन्न समूहका टोली नेताहरूले निष्कर्ष सुनाउँदैछन् ।
काठमाण्डौको प्रज्ञा भवन कमलादीमा भइरहको बन्द सत्रमा विभिन्न २५ वटा समूहका टोली नेताहरूले आ–आफ्नो समूहले छलफलपछि निकालेको निष्कर्ष सुनाइरहेका छन् । अहिलेसम्म सात वटा टोली नेताहरूले निष्कर्ष सुनाएका बन्द सत्रमा सहभागी एक नेताले जानकारी दिएका छन् ।
हिजो मङ्गलवार बिहानदेखि आज बुधवार दिउँसो १२ बजेसम्म २५ वटा समूहलाई छलफलको समय छुट्याइएको थियो । प्रचण्डले गएकाे १२ गते बन्द सत्रमा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक राजनीतिक प्रतिवेशन पेस गर्नुभएको थियो ।
प्रचण्डकाे प्रतिवेदनमाथि नेता राम कार्कीले पूरक प्रस्ताव पेस गर्नुभएको छ । सुझावसहित प्रचण्डको प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।