व्यवहार र क्षमता परिवर्तन हुन्छ, तर नियत परिवर्तन हुदैन: प्रमुख प्रशाककिय अधिकृत खनाल

२०७८ पुष १३ गते, मंगलवार

 कपिलवस्तु । सरकारी विद्यालयमा बजेट र खरिद प्रकृयागत ढंगवाट व्यवस्थित गर्ने उदेश्यले बाणगंगा नगरपालिका अन्र्तरगतका मा.वि तहका विद्यालयहरु का प्रधानध्यापक र लेखापाल हरुलाई तालिम आयोजना गरिएको छ ।

बाणगंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा २ दिने लेखा व्यवस्थापन , जिन्सी खरिद व्यवस्थापन सम्बन्धी तालिम आजबाट शुरु भएको हो । तालिमको उद्घाट्न शत्रमा बोल्दै नगरपालिकाका मेयर मंगलप्रसाद थारु ले तालिमबाट शैक्षिक सुधारका साथै शुशासन कायम हुने बताउदै तालिममा सिकेका विषयले व्यवहारमा परिवर्तन आउनुपर्ने बताए ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले नगरका विद्यालयको अनुगमन गर्दा लेखा प्रणाली र खरिद प्रकृया चुस्त दुरुस्त नदेखिएको भन्दै तालिमको कमी भएको महसुस गर्दै नगरले तालिमको आयोजना गरिएको भन्दै यो तालिमले क्षमता र काम गर्ने कार्यशैलिमा सुधार आउने तर नियतवंश गरेमा नियतमा सुधार ल्याउन नसकिने बताए ।

उनले सुशासन र जवादेहिताका लागि तालिम फलदाई हुने बताए । तालिममा नगरका प्रशाशन शाखा प्रमुख केशव भटराई र लेखा अधिकृत रामचन्द्र मरासिनी ले सहजीकरण गरेका छन् ।

115 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal