नेकपा एस र नेकपा जनवादीबीच पार्टी एकता
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी जनवादी बीच पार्टी एकता भएको छ। एकीकृत समाजवादी र देवेन्द्रसिंह महतो नेतृत्वको नेकपा जनवादी बीच मंगलबार एक समारोहबीच पार्टी एकीकरण भएको हो।
महतोले ०६२ सालमा नेकपा जनवादी पार्टी गठन गरेका थिए। पार्टी एकता समारोहलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनवादीका अध्यक्ष महतोले सम्बोधन गरेका छन्।
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सरकारले व्यवहारमा प्रयोग गर्ने योजना र प्राथमिकता तय गर्न नसकेको बताउनुभयो । उहाँले सुदूरपश्चिमको प्रदेश सभामा एक नम्बर पार्टीको रूपमा नेकपा समाजवादी स्थापित भएको दाबीसमेत गर्नुभयो । अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा कसैले पनि आफ्नो पार्टीलाई बेवास्ता गर्न नसक्ने बताउँदै युवाहरूले देशमा आफूलाई योग्य र सक्षम देखाउनुपर्ने बताउनुभयो ।