जन्ती बोकेको कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु, मृतको पहिचान खुल्न नसकेको
२०७८ पुष १३ गते, मंगलवार
काठमाडौं । रौतहटको गौर-चपुर सडकखण्डको गरूडामा जन्ती बोकेको कार दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको उक्त कार गरूडामा दुर्घटना ग्रस्त भएको इलालका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक (डीएसपी)श्रीराम भण्डारीले जानकारी दिए ।
डीएसपी भण्डारीका अनुसार कारमा सावर ८ जनामध्ये तीनजना घाइते भएका छन् । उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मृतको पहिचान खुल्न सकेको छैन ।
78 Views