पाकिस्तानको पञ्जाब प्रान्तमा गएकाे २४ घण्टामा एक हजारभन्दा बढी दुर्घटना

२०७८ पुष १२ गते, सोमबार

काठमाण्डाै । पाकिस्तानको पञ्जाब प्रान्तमा गएकाे २४ घण्टामा एक हजारभन्दा बढी दुर्घटना भएका छन् । ती सडक दुर्घटनामा कम्तीमा ११ जनाकाे ज्यान गएकाे र एक हजारभन्दा धेरै घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

‘द न्युज इन्टरनेशनल’का अनुसार घाइतेमध्ये पाँच सय ७६ जना गम्भीर घाइते भएका छन् जसलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा चार सय ४० सामान्य घाइतेको उपचार भएको छ ।  

सञ्चारमाध्यमका अनुसार यी सडक दुर्घटनामा चार सय २५ चालक, ४६ नाबालिग चालक, एक सय ३६ पैदलयात्री र चार सय ६६ यात्रु रहेका जनाइएको छ ।

पाकिस्तानको ठूलो भागमा विशेष गरी खुला क्षेत्रहरूमा बाक्लो कुहिरोका कारण सडक दुर्घटना बढेको जनाइकाे छ । 

95 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal