इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी

२०७८ पुष १२ गते, सोमबार

काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ६–३ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै सिटीले शीर्ष स्थानमा ६ अङ्कको अग्रता बनाएको छ । शीर्ष स्थानको सिटीको १९ खेलमा ४७ अङ्क भएको छ भने दोस्रो स्थानको लिभरपुलको ४१ अङ्क रहेको छ । लेस्टर २२ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा आर्सनलले फराकिलो जित निकालेको छ ।

आर्सनलले नर्विच सिटीलाई ५–० गोल अन्तरले हराएको हो । जितसँगै १९ खेलमा ३५ अङ्क जोडेको आर्सनल चौथो स्थानमा छ । नर्विच भने १० अङ्क जोडेर पुछारमा  छ ।

यस्तै, अर्को खेलमा टोटेनह्यामले क्रिस्टल प्यालेसलाई ३–० गोल अन्तरले  पराजित गरेको छ ।

पाँचौँ स्थानमा रहेको टोटेनह्यामको २९ अङ्क छ भने २० अङ्कसहित क्रिस्टल प्यालेस १२औँ स्थानमा छ । यस्तै, गएरातिकै अर्को खेलमा  चेल्सी र ब्राइटन विजयी भएका छन् । चेल्सीले एस्टोन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गर्यो भने ब्राइटनले ब्रेन्टफोर्डलाई २–० गोल अन्तरले पराजित गर्यो ।

जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको ४१ अङ्क छ । चेल्सीले दोस्रो स्थानमा रहेको लिभरपुलसँग अङ्क बराबरी गरेको छ ।

166 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal